ट्राफिक प्रहरीद्वारा चौध करोड बढी राजस्व सङ्कलन

इनेप्लिज २०७२ साउन ८ गते ११:२८ मा प्रकाशित
trafficकाठमाडौँ, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७१÷७२ मा रु १४ करोड ६९ लाख ८६ हजार ६६० राजस्व सङ्कलन गरेको छ ।

आव २०७१/७२ मा मादक पदार्थ सेवन, निषेधित क्षेत्रमा गरेको पार्किङ, सवारी इजाजतपत्रलगायतका क्षेत्रबाट सो राजस्व उठाइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले गत आवमा पाँच लाख ५९ हजार ६२४ सवारी साधनलाई नियन्त्रणमा लिई सम्बन्धित चालकलाई कारबाही गरेर सो रकम सङ्कलन गरिएको बताउनुभयो ।

मापसेमा छत्तीस हजारभन्दा बढी कारबाही

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३६ हजार ६५ जनालाई प्रहरीले समातेको छ । जसमा ३५ हजार ६३६ जनालाई कारबाही गरेको छ ।

यस्तै ३१ हजार ८२४ जनाको सवारी अनुमतिपत्र (लाइसेन्स) प्वाल पारेको छ भने ५४५ जनालाई मुद्दा चलाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया