दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७२ साउन ८ गते ७:३८ मा प्रकाशित

accidentरौतहट, ८ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्गअन्तर्गत लमाहा पुलमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट जनकपुर जाँदै गरेको ना४ख ६२२९ नंको रात्रि बसले बाराको निजगढबाट चन्द्रपुर जाँदै गरेको ना२त ३०५६ नंको ट्र्याक्टरलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सवारी दुर्घटनामा परी मृत्यु हुनेमा निजगढ नगरपालिका– ७ बस्ने ५० वर्षीय सोम माझी र २२ वर्षीय कुलबहादुर माझी रहेका छन् भने छजना घाइते भएका छन् ।

घर छाउने टाली बोकेर चन्द्रपुर आउने क्रममा उक्त रात्रि बसले पछाडिबाट ट्रयाक्टरलाई ठक्कर दिँदा उक्त घटना भएको बताइएको छ ।

घाइते अवस्थामा रहेका ट्र्याक्टरका चालक धनबहादुर माझी, विनेश माझीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ । बसमा यात्रारत दुईजना घाइते भएका छन् ।

उनीहरुको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । घटनापछि बस चालक फरार रहेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया