विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ साउन ८ गते ७:२३ मा प्रकाशित

ElectricalSafety-300x254कञ्चनपुर, ८ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा बिहीबार विद्युत् लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर बेलौरी नगरपालिका–७ का २२ वर्षीय लालबहादुर चौधरीको मृत्युभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लले गलत तरिकाले लाइन काटेर मर्मत गरिरहेका बेला अचानक विद्युत् प्रवाह हुँदा करेन्ट लागेर चौधरीको मृत्युभएको बताउनुभयो ।

यसैगरी बाजुराका ३२ वर्षीय नरक गिरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । बिहीबार साँझ ताँगाबाट भारततर्फ जाने क्रममा गिरीले महाकाली नदीमा हामफालेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । गिरीको खोजी कार्य जारी राखिए पनि फेला पर्न सकेका छैनन् ।

प्रतिक्रिया