चालीस जनालाई कृत्रिम अङ्ग प्रदान
इलाम, ८ साउन । इलाममा अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम अङ्ग तथा सहायता सामग्री प्रदान गरिएको छ । समुदायमा आधारित पुनः स्थापना कार्यक्रम (सिबिआर) विराटनगरले ४० जनालाई बिहीबार सहायक सामग्री प्रदान गरेको हो ।
अपाङ्गताको क्षेत्रमा क्रियाशील सिबिआर विराटनगरले एक महिनाअघि जिल्ला अस्पताल इलाममा सञ्चालन गरेको अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री नापजाँच शिविरमा आएका ५६ मध्ये ४० जनालाई सहायक सामग्री प्रदान गरिएको सिबिआर विराटनगरका प्रबन्धक राजेन्द्रकुमार यादवले बताउनुभयो ।
सिबिआरले चारलाई कृत्रिम हातखुट्टा, पाँचलाई विशेष किसिमको कुर्सी र २१ जनालाई अर्थाेसिस सहायक सामग्री प्रदान गरेको हो ।
त्यस्तै बिहीबार सञ्चालन गरिएको शिविरमा ११ जनालाई सामग्री प्रदान गर्न उनीहरुको नापजाँच गरिएको छ । तीमध्ये चारलाई ह्विलचेयर, दुईलाई कृत्रिम हात, एकलाई कृत्रिम खुट्टा र चारजनालाई अर्थाेसिस गरिने छ ।
आगामी भदौमा शिविर सञ्चालन गरी उनीहरुलाई सहायक सामग्री प्रदान गरिने यादवले जनाउनुभयो । हालसम्ममा सिबिआरले पूर्वाञ्चलका एक हजार ११८ जनालाई निःशुल्क सहायक सामग्री प्रदान गरिसकेको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया