मुसहर बस्तीमा ट्युवेल जडान

इनेप्लिज २०७२ साउन ८ गते ३:२६ मा प्रकाशित

Tubewellपथरी (मोरङ), ८ साउन । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ मोरङले भौडाहका मुसहर समुदायलाई आधा दर्जन ट्युवेल जडान गरेको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ मोरङ अध्यक्ष जीवन घतानीका अनुसार कटहरी गाविस–१ को पैनीटोलको खवरवाना बस्तीका मुसहर समुदायलाई लक्षित गरेर दुई ठाउँ ट्युवेल जडान गरिएको हो ।

त्यस्तै कटहरी–५ को कदम गाछीमा रहेको मुसर समुदायलाई नै लक्षित गरी दुई थान ट्युवेल जडान गरिएको छ । त्यस्तै कटहरी गाविसको अन्य दुई ठाउँमा थप दुईवटा ट्युवेल जडान गरिने र यसबाट मुसहर समुदायका ५० घरधुरीका झन्डै २०० सर्वसाधारण लाभान्वित हुने सङ्घले जनाएको छ ।

प्रतिक्रिया