चार सयभन्दा बढी घरमा सुधारिएको चुलो जडान
कञ्चनपुर, ८ साउन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकालाई धुवाँरहित बनाउने अभियानअन्तर्गत ४८२ परिवारका घरमा सुधारिएको चुलो जडान गरिएको छ ।
नगरपालिकाको अनुदानमा यहाँका पिपलाडी, वनसमिति, कसरौल र कलुवापुर क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाका घरमा सुधारिएको चुलो जडान गरिएको हो । चुलो जडानका लागि नगरपालिकाले प्रतिपरिवार रु ५०० अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
परम्परागत चुलोको दाँजोमा सुधारिएको चुलोमा धुवाँ कम आउने र दाउराको कम खपत हुने भएकाले सर्वसाधारणको आकर्षण बढ्दो रुपमा रहेको नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।
विपन्न र मुक्त कमैया बस्तीका बासिन्दालाई प्राथमिकतामा राखेर पहिलो चरणमा चुलो निर्माण गरिएको उल्लेख गर्दै उहाँले चालु आवमा नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण नौ हजार घरधुरीमा सुधारिएको चुलो निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । साथै सबैका घरमा शौचालय निर्माण गर्ने अभियानसमेत यहाँ सुरु गरिएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया