सामुदायिक वनमा पक्की चिहान बनाउने चलनका कारण वन अतिक्रमण
पथरी (मोरङ), ५ साउन । पूर्वी मोरङका सामुदायिक वनमा पक्की चिहान बनाउने चलनका कारण वन अतिक्रमण भएको छ ।
मरेका आफन्तको जङ्गलमा गाडिएको चिहानमाथि समाधिस्थल बनाउने उनीहरूको पुख्र्यौली चलनले सालका रुख फस्टाउन छाडेको पशुपति सामुदायिक वनका पूर्वअध्यक्ष रामचन्द्र सुब्बाले बताउनुभयो ।
वनभित्र पक्की चिहान बनाउने प्रचलन राई, लिम्बू, मगर, क्रिस्चियनलगायतले ल्याएका हुन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग उत्तर उर्लाबारी–६ को सालबारी सामुदायिक वनको ठूलो भू–भागमा पक्की चिहानले ढाकिएको छ ।
स्थानीय ज्ञानप्रसाद अधिकारीका अनुसार राई–लिम्बू मर्दा सिधै वनतिर लग्ने गरिएको छ । मान्छे मर्दा वनभित्र ठूलो जनसङ्ख्यामा जम्मा भएका मलामीले साना बोटबिरुवा माडेर सखाप पार्ने गरेका छन् ।
पशुपति सामुदायिक वनका पूर्वअध्यक्ष रामचन्द्र सुब्बाका अनुसार पथरी–१ स्थित हरियाली, मनकामना सामुदायिक वन र शनिश्चरे–१ को पशुपति सामुदायिक पनि चिहानले ढाकिसक्न लागेको छ । नयाँ रुखबिरुवा उम्रिने र सप्रिने क्रम घटिरहेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया