फरार अभियुक्त सात वर्षपछि पक्राउ

इनेप्लिज २०७२ असार ३० गते १४:०३ मा प्रकाशित

pakraauसुरुङ्गा (झापा), ३० असार । लागुऔषध ओसारपसार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले सात वर्षपछि झापाको बिर्तामोडबाट आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का ५० वर्षीय अशोक घिमिरे रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । जिल्ला अदालत झापाले २०६५ साल चैत २५ गते सात वर्ष कैद र १० हजार जरिवानासहितको फैसला गरेलगत्तै उनी फरार भएका थिए ।

फरार अभियुक्त केही समयदेखि घरमा नै बस्दै आएको गोप्य सूचनाका आधारमा उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेलाई आजै जिल्ला कारागार झापा पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया