मन्त्री रिजाल तथा अमेरिकी राजदूत बोडेबीच भेटवार्ता

इनेप्लिज २०७२ असार ३० गते ११:३५ मा प्रकाशित

काठमाडौँ, ३० असार । सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजाल तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेबीच आज सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयबाट आज प्रकाशित विज्ञप्तिका अनुसार सो भेटवार्ताका अवसरमा राजदूत बोडेद्वारा नेपालका विद्यालय, क्लिनिकलगायत पर्यटन क्षेत्रको पुनःनिर्माण र विकासमा चासो राख्नुका साथै प्रभावकारी सूचना प्रवाह हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

नेपालको दूरसञ्चार क्षेत्रमा अमेरिकी सहयोगद्वारा क्षमता अभिवृद्धि गर्ने कुरा पनि सो भेटघाटका अवसरमा छलफल भएको थियो ।
उक्त भेटघाटमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र परराष्ट्र मन्त्रालयका अधिकृतको पनि उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया