यातायात सुविधा नहुँदा कृषिउपज ढुवानीमा समस्या
बाबियाचौर (म्याग्दी), २६ असार । गाउँगाउँमा सडक सञ्जाल विस्तार भए पनि म्याग्दीका कृषकलाई उत्पादित कृषिउपज बजारसम्म पुर्याउन समस्या भएको छ ।
प्राविधिक हिसाबले उपयुक्त नभएका ग्रामीण सडकमा नियमित सवारीसाधन नचल्ने र सञ्चालन भए पनि महँगो ढुवानी तिर्नुपर्ने समस्याका कारण कृषकले डोको र पिठ्युमै बोकेर तरकारीलगायतका कृषिउपज ढुवानी गर्न बाध्य छन् ।
सहज ढुवानी र यातायात सुविधा नहुँदा कृषिउपजको उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको बेनपा–१ लामगराका दल गिरीले बताउनुभयो ।
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर, खबरा, ज्यामरुककोट, घतान, सिङ्गाको साथै राम्चे, हिस्तान, शिख, घार, बिम, भुरुङ तातोपानी, दाना, सिङ्गा, दरवाङ, बाबियाचौर, ताकमलगायत क्षेत्रका कृषक यातायातका साधन पाए पनि महँगो भाडा तिर्नुपर्ने समस्या रहेको बताउँछन् ।
म्याग्दीमा हाल ५०० जनाभन्दा धेरै कृषक व्यावसायिक तरकारीखेतीमा आबद्ध रहेको अनुमान गरिएको छ । वार्षिक १५ हजार मेट्रिक टन तरकारी खपत हुने म्याग्दीमा १० हजार मेट्रिक टन मात्र उत्पादन भएको देखिन्छ ।
जिविसका अनुसार नगरपालिकाको सबै क्षेत्र र २५ गाविसमा सडक पुगेको भएपनि बाहै्र महिना नियमित सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया