उद्योग दर्ता ३४ प्रतिशतले वृद्धि
इलाम, २६ असार । इलाममा उद्योग दर्ताको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिका अनुसार गत वर्ष २२५ उद्योग दर्ता भएकामा चालु आव २०७१/७२ को हालसम्ममा ३४० उद्योग दर्ता भएका छन् ।
त्यसमध्ये सेवामूलक, उत्पादनमूलक र कृषि तथा वनजन्य उद्योग बढी रहेको कार्यालयका शाखा अधिकृत सुनिल आचार्यले बताउनुभयो । “कृषिअन्तर्गत अदुवा, अलैँची, किबी, डेरी, राइस मिल, पोल्ट्री फार्म र व्यवसाय बढी छन्,” आचार्यले भन्नुभयो ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले लघु उद्यमीलाई उद्योग सञ्चालनका लागि अनुदान दिने भएपछि उद्योग दर्तामा वृद्धि भएको समेत उहाँले बताउनुभयो । लघु उद्योगका रूपमा दर्ता भएका फर्म तथा उद्यमीलाई प्याक्टले रु १० लाखसम्म बिनाधितो अनुदान दिनका लागि गत वर्षनै प्रस्ताव आह्वान गरेपछि घरेलुमा उद्योग दर्ता गर्नेको भीड लागेको थियो ।
कार्यालयले उद्योग र वाणिज्य फर्म दर्ता गरेर रु ४० लाख राजस्वसमेत सङ्कलन गरेको जनाएको छ । रु एकदेखि एक लाखसम्म कारोबार गर्ने उद्योग दर्ता गर्न रु एक हजार १००, रु एक लाखदेखि तीन लाखसम्म रु तीन हजार १००, रु तीन लाखदेखि पाँच लाखसम्म रु छ हजार १५० र रु पाँच लाखदेखि २० लाखसम्मको कारोबार गर्ने उद्योगलाई रु १२ हजार १०० राजस्व लाग्ने घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
इलाममा हालसम्ममा दुई हजार ७९१ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये अधिकांश उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नवराज राउतले बताउनुभयो ।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
प्रतिक्रिया