प्रमुख चार दलका शीर्षनेताको बैठक जारी
इनेप्लिज
२०७२ असार २५ गते ४:३६ मा प्रकाशित
काठमाडौं, २५ असार । राष्ट्रपति डा रामवरण यादवद्वारा प्रमुख चार दलका शीर्षनेतालाई सामसामयिक राजनीतिक विषयमा छलफलका लागि आज बिहान बोलाएको बैठक राष्ट्रपति कार्यालय शीतलनिवासमा जारी छ ।
बिहान ८ः३० बजेदेखि सुरु भएको सो बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेस जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार हुनुहुन्छ ।
संविधानको मस्यौदा आजदेखि जनतासमक्ष छलफलका लागि लैजान लागेको सन्दर्भमा बसेको सो बैठकमा अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया