म्याग्दीका ६ वटा सामुदायिक विद्यालय गाभिए, एक विद्यालय बन्द
म्याग्दी, २५ असार । म्याग्दीका विभिन्न ६ वटा सामुदायिक विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिएको छ भने एकवटा विद्यालय बन्द गरिएको छ ।
विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिएको जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुरले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून रहेको र नजिकको दूरीमा अर्को विद्यालय रहेको कारण जिल्ला शिक्षा समितिको बैठकले ६ वटा विद्यालयलाई गाभ्ने निर्णय गरेको उहाँले बताउनुभयो । गाभिएका विद्यालयमध्ये बालउद्यान प्राविलाई जामुनाखर्क उच्च मावि अर्थुङेमा र एक्लेपिपल प्राविलाई विद्यामन्दिर प्राविमा समाहित गराइएको छ ।
त्यस्तै अन्नपूर्ण प्रावि र मालिका प्राविलाई ताकम मावि ताकममा गाभिएको छ भने मण्डली प्राविलाई महेन्द्ररत्न निमावि बरञ्जा र दल राम्जाली प्राविलाई दीपक मावि पात्लेखेतमा गाभिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
‘‘पर्यटकीय बस्ती घोरेपानीमा रहेको पुनहिल प्राविमा कोही पनि विद्यार्थी देखिएनन्, एकजना पनि विद्यार्थी नरहेको कारण उक्त विद्यालय बन्द गरिएको छ”, जिल्ला शिक्षा अधिकारी ठाकुरले भन्नुभयो ।” विद्यालय एकीकरण भएका विद्यालयमा कार्यरत शिक्षकको दरबन्दी तत्कालको लागि जिल्ला शिक्षा समितिको जगेडामा राखेर आवश्यक परेका विद्यालयमा खटाउने निर्णय भएको जिशिअ ठाकुरले बताउनुभयो ।
विद्यालय गाभ्ने अभियानसँगै २४४ वटा सामुदायिक विद्यालय रहेको जिल्लामा अहिले सङ्ख्या घटेर २३२ भएका छन् । यस अगाडि पनि जिल्लाका पाँचवटा विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिएको थियो ।
बसाइँसराइको कारण जिल्लाको ग्रामीण भेगमा बसोबास पातलो हुँदै जाँदा विद्यालयमा विद्यार्थी अभाव देखिन थालेको छ । ग्रामीण भेगका विद्यालयमा विद्यार्थी अभाव देखिएसँगै सहरबजारका विद्यालयमा भने विद्यार्थीको चाप बढेको पाइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया