मुलुकको राजनीति आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्छ: नेता पाण्डे

इनेप्लिज २०७२ असार २४ गते १५:४२ मा प्रकाशित

surendra-pandeyनेपालगन्ज, २४ असार । नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संविधान निर्माणपछि मुलुकको राजनीति आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले), बाँकेद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “परम्परावादी राजनीतिले अब नेपाल समृद्ध हुन सक्दैन, ज्ञानबाट आर्थिक उपार्जन गर्ने नीति मुलुकका लागि आवश्यक छ ।”

सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेटमा आर्थिक क्रान्तिको दिशा निर्दिष्ट गर्नुपर्ने सुझाव दिँदै उहाँले कृषिमा व्यापारीकरण र औद्योगिकीकरण अहिलेको आवश्यकता हो भन्नुभयो ।

उहाँले पार्टीमा लागेर राजनीति गर्ने नेता कार्यकर्ता पनि आर्थिक उपार्जनमा लाग्नसके त्यो नै सफल राजनीतिककर्मी, उद्योगी, व्यापारीका रुपमा स्थापित हुने र यसले राष्ट्रको अर्थतन्त्रमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया