ट्रकको ठक्करबाट एकको मृत्यु

इनेप्लिज २०७२ असार २४ गते १५:३९ मा प्रकाशित

accident-signबुटवल, २४ असार । पुर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१५ जितगढी नजिकै आज साँझ ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

बुटवलबाट पश्चिमतर्फ जादै गरेको लु १ ख ६८६१ नं. को ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु १३ प १४३५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्यूठान विजयनगरका ४३ वर्षीय जयगोपाल कक्षपतिको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कक्षपतिको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया