नक्कली परिचयपत्र देखाएर भाडा छुटको दाबी गर्नेलाई कारबाही

इनेप्लिज २०७२ असार २४ गते १५:१० मा प्रकाशित

काठमाडौँ, २४ असार । सार्वजनिक यातायातको क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सो क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले अभियान सञ्चालन गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा, महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था, यातायात व्यवसायी र मजदुर समेतको सहकार्यमा अभियान सञ्चालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । सार्वजनिक यातायात क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुरक्षित र मर्यादित बनाउन यही असार २० देखि २९ गतेसम्म अभियान भइरहेको छ ।

अभियान सञ्चालन गरिएपछि सार्वजनिक सवारी साधनमा उच्छृङ्खल गतिविधि गर्ने, नक्कली परिचयपत्र देखाएर यातायातमा भाडा छुटको दाबी गर्ने, सवारी साधन तथा सडक क्षेत्रमा हुने पाकेटमारी, लुटपाट, डकैती, हत्या, अपहरण, बलात्कार, महिला यौन दुव्र्यवहार, अवैध कारोबार, ओसारपसार गर्ने १०५जना लाई पक्राउ गरी ८४ जनालाई अनुसन्धानपछि छाडिएको र २१ जनाविरूद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया