सोलुखुम्बु, १८ असार । पानी पर्नासाथ जिल्लाका ३७ वटा बस्तीका झण्डै एक हजार ७५० घरधुरीका बासिन्दा समस्यामा परेका छन् ।
ती बस्तीका बासिन्दा पानी पर्नासाथ पहिरोको त्रासले रातभर सुत्न पाउँदैेनन् ।
प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालका अनुसार जिल्लाका ३७ वटा बस्तीमा रहेका एक हजार ७५० घरधुरी र त्यहाँ बस्ने आठ हजार ४६८ जना यस्तै समस्यामा रहेका छन् ।
“अलि ठूलो पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्छ” चौलाखर्क–३ का रुद्र खत्रीले भन्नुभयो, “भूकम्पपछि घरमाथिको पाखो चिरिएको छ । कुनबेला पाखो सबै बगेर लिखु नदीमा मिसिन्छ भन्ने त्रासले त्यहाँ ३३ घरधुरी रातभर नसुतेको महिनौँ भयो ।”
अझ अलि ठूलो पानी परेपछि त छिमेकी जम्मा भएर ईश्वर पुकार्दै बस्ने गरेको स्थानीय जनक बस्नेत बताउनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले जोखिममा परेका ती बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न पहल गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया