पथरी (मोरङ), १७ असार । मोरङको इटहरा–५ का गुरागार्इँ परिवारले ईटहरा–५ का सिक्कीमेटोलमा पाँच जना सुस्तमनस्थितिका छोराछोरी भएका ढुङ्गाना परिवारलाई पक्की घर बनाइदिने भएका छन् ।
तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीको लागि इटहरा, चार भौडाहाका कमलादेवी गुरागाई र डिल्ली गुरागार्इँले घर बनाइदिने हुनुभएको हो ।
विदेशमा रहेको छोरा सूर्य गुरागाईँको सहयोगमा हामीले आठ लाख मूल्य बराबरको घर बनाउन सुरु गरेका बाबु डिल्लीले जानकारी दिनुभयो । बरन्डासहित तीनकोठे टिनको छाना लगाएर पक्की घर बनाउन सुरू गरिएको छ ।
ढुङ्गाना दम्पत्तिका छोरीछोरी ३७ वर्षीया निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीया पार्वता र २० वर्षीया गोमा जन्मजात सुस्तमनस्थिति जन्मिएका हुन ।
शारीरिक तथा मानसिकरूपमा समेत अपाङ्गता भएका तुलसीराम र सृजना ढुङगानाका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोड्फोड् गरिदिने र जहाँ पायो त्यही बस्ने, दिसापिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङ्गानाले बताउनुभयो ।
पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी बिरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् ।
प्रतिक्रिया