शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:४४
वासिङटन डिसी 11:59

चट्याङ लागेर महोत्तरीमा एकजनाको मृत्यु

इनेप्लिज २०७२ असार १७ गते १२:१६ मा प्रकाशित

thunderstromeमहोत्तरी, १७ असार । चट्याङ लागेर महोत्तरीमा एकजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान पानीसँगै खसेको चट्याङ लाग्दा बर्दिबास नगरपालिका–६ राजावासका २० वर्षीय रेसु परियारको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आज बिहान ११ बजेको समयमा घरनजिकै रहेको खेतमा आली लगाइरहेको समयमा खसेको चट्याङको कारण रेसुको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही चट्याङ लागेर स्थानीयवासी रमेश परियार घाइते भएका हुन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया