एसएलसीमा सुदूरका सत्ताइस विद्यालयको नतिजा शुन्य

इनेप्लिज २०७२ असार १३ गते ९:१४ मा प्रकाशित

slcभीमदत्तनगर, १३ असार । एसएलसी परीक्षाको नतिजामा सुदूरपश्चिमका छ जिल्लाका २७ विद्यालयले शुन्य नतिजा ल्याएका छन् ।

डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बाजुरा र बझाङका गरी २७ विद्यालयको नतिजा शुन्य रहेको सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय दीपायलले जनाएको छ ।

शुन्य नतिजा ल्याउनेमा सबैभन्दा बढी डोटीमा आठ विद्यालय रहेका छन् । यस्तै दार्चुलाका छ, बैतडीका पाँच, बाजुराका चार, डडेल्धुराका तीन र बझाङका एक विद्यालय रहेका छन् । अछाम, कैलाली र कञ्चनपुरका भने कुनै पनि विद्यालयले शुन्य नतिजा नल्याएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ ।

एसएलसी परीक्षामा बझाङका कतिपय विद्यालयले शुन्य नतिजा ल्याएपछि जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया