पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमित

इनेप्लिज २०७२ असार १३ गते ४:५० मा प्रकाशित

परासी, १३ असार । नवलपरासीमा करिब पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

व्यक्तिगत र संस्थागतलगायत विभिन्न कारणले जिल्लाका सुनवल, बासाबसही, दाउन्नेदेवी, अम्रौट, बर्दघाटलगायत अन्य स्थानमा गरी वन क्षेत्र अतिक्रमणमा परेको जिल्ला वन कार्यलयले जनाएको छ ।

पछिल्लो समय विशेष गरी सुनवल, दाउन्नेदेवी, बर्दघाट, रामनगरलगायत क्षेत्रमा सार्वजनिक वन क्षेत्र अतिक्रमण हुँदै गएको बताइएको छ ।

प्रतिक्रिया