शुक्रबार, माघ १४ २०७८
काठमाडौं १५:०३
वासिङटन डिसी 04:18

आमाको सनाखतबाट पाँच सय एकजनाको नागरिकता बन्यो

इनेप्लिज २०७२ असार ८ गते ४:४१ मा प्रकाशित

nepali nagariktaपाल्पा, ८ असार । जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा यस आर्थिक वर्षमा एक लाख २४ हजार १८६ वटा नागरिकताको प्रमाणपत्र जारी गरिएको छ ।

जेठ महिनामा प्रशासन कार्यालयबाट वंशजका आधारमा एक हजार ३९ वटा र वैशाख महिनासम्म एक करोड २३ हजार १४६ वटा नागरिकताको प्रमाणपत्र जारी गरिएको सहायक प्रजिअ विष्णुबहादुर घर्तीले बताउनुभयो ।

जेठ महिनामा जारी गरिएका एक हजार ३९ वटामध्ये आमाको सनाखतबाट ५०१ वटा र अन्यको सनाखतबाट ५३८ जनाको नागरिकताको प्रमाणपत्र जारी गरिएको उहाँले जानकारी गराउनुभयो ।

जन्मका आधारमा तीन र वैवाहिक अङ्गिकृत ६७ वटा नागरिकताको प्रमाणपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाल्पामा अङ्गिकृतका आधारमा नागरिकता जारी भएको छैन ।

प्रतिक्रिया