बीउ उत्पादन गर्न किसानलाई तालिम

इनेप्लिज २०७२ असार ७ गते ११:५२ मा प्रकाशित

पाँचथर, ७ असार । अदुवाको गुणस्तरीय बीउ उलब्ध गराउने उद्देश्यले अहिले जिल्लाका पाँचवटा गाविसका किसानलाई धमाधम तालिम प्रदान गर्न थालिएको छ ।

जिल्लाको पकेट क्षेत्रको रुपमा घोषित एक तीन, पञ्चमी ,सुभाङ, यासोक, आङसराङ गाविसका कृषकलाई लक्षित गरी उन्नति समावेशी कार्यक्रमको आर्थिक सहयोग, जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा पाँच गाविसका १२५ कृषकलाई गाउँमै गएर तालिम दिइएको हो । कृषि विकास कार्यालय प्रमुख बेनुप्रसाद प्रसाइँका अनुसार बीज वृद्धि प्रर्दशनीस्थलमै गएर स्थानीयस्तरमा गुणस्तरीय बीउको उपलब्धता सुनिश्चतता गर्नका लागि जैविक विषादीको प्रयोग, स्थानीयस्तरमा खेर गइरहेको गड््यौलाले मलको कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम दिइएको हो ।

पकेट क्षेत्रको रुपमा घोषणा भएका यी गाविसबाट मात्रै १६ मेट्रिक टन भन्दा बढी अदुवाको बीउ उत्पादन हुने कार्यालयले अपेक्षा गरेको छ ।

प्रतिक्रिया