लावतीको तेह्रौ पुण्यतिथिमा श्रद्धाञ्जलिसभा

इनेप्लिज २०७२ असार ७ गते ४:५८ मा प्रकाशित

padama-Sundar-lawateपाँचथर,७ असार । पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका समानान्तर कमिटीका अध्यक्ष पद्मसुन्दर लावतीको १३ औँ पुण्यतिथिमा उहाँको गृह जिल्ला पाँचथरमा आज राप्रपा नेपालले श्रद्धाञ्जलिसभाको आयोजना गरेको छ ।

फिदिममा भएको सभामा बोल्ने अधिंकाश वक्ताले देशको विकास निर्माणका क्षेत्रमा नेता लावतीले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य सुनिता कुरुम्बाङ, छविरमण सुवेदी, नेपाली काँग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, नेकपा (एमाले)का जिल्ला सचिव तिवेन्द्रराज चापागाईलगायते लावती राष्ट्रवादी नेता भएको धारणा राख्नु भयो । लावतीको गत जेठ २७ गते निधन भएको थियो ।

प्रतिक्रिया