बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा

इनेप्लिज २०७२ असार ७ गते ४:५६ मा प्रकाशित

timthumb.phpभीमदत्तनगर, ७ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।

महाकाली अञ्चलको पहिलो, सुदूरपश्चिमाञ्चलको दोस्रो तथा देशकै नवौं जिल्लाको रुपमा बैतडीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले एक कार्यक्रमका बीच पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभयो ।

२०७० साल साउन २३ गते जिल्लाको पहिलो गाविसको रुपमा न्वालीलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेसँंगै सुरु गरिएको पूर्ण खोप अभियानअन्तर्गत आइतबार पाटन नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणासँंगै जिल्ला पूर्ण खोपयुक्त घोषणा गरिएकोे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया