मोरङका सात विद्यालयको नतीजा शून्य

इनेप्लिज २०७२ असार ७ गते ४:५० मा प्रकाशित

slcपथरी (मोरङ), ७ असार । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सहभागी सातवटा विद्यालयको नतिजा शून्य आएको छ ।

जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार लखन्तरी गुरुकुल मावि विराटनगर, लक्ष्मी मावि वारङगी, बाल मावि विराटनगर, भोगटेनी मावि, वीरेन्द्र मावि, लक्ष्मी नारायण वेदआश्रम विराटनगर र जनतामावि आँप गाछी को नतीजा शून्य रहेकोे छ ।

यस पटक मोरङका कुनै पनि सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सकेका छैनन् । सबैभन्दा बढी बविर मावि बेलबारीले ल्याएको छ । उक्त माविबाट ४१ जनाले परीक्षा दिएका थिए । सोमध्ये ३९ जना विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया