नतिजा सार्वजनिक गर्न माग गर्दै अनेरास्ववियुद्वारा जिशिअलाई ज्ञापनपत्र

इनेप्लिज २०७२ असार ७ गते ४:४९ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, ७ असार । प्रयोगात्मक विषयको नम्बर हराउँदा स्थगित भएको जिल्लाको प्रवेशिका परीक्षाको नतिजा तत्काल प्रकाशनको माग गर्दै अनेरास्ववियु मुस्ताङले जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेमार्फत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष पेमा छेतेन विश्वकर्मा र सचिव इवाङ युटिन गुरुङद्वारा संयुक्तरुपमा हस्ताक्षरित ज्ञापनपत्रमा जिल्ला शिक्षा कार्यालयले बेलैमा उक्त विषयमा गम्भीर नहुँदा विद्यार्थीमा अन्योलता र चिन्ता बढेको जनाइएको छ ।

ज्ञापनपत्रमार्फत जिशिका र अन्य सरोकारवाला निकायलाई नतिजा तत्काल प्रकाशन गर्न दबाब दिइएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्लाभरकै नतिजा नआएपछि यहाँका विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् । एकमात्र परीक्षा केन्द्र रहेको जिल्लाबाट ११७ विद्यार्थी सहभागी भएका थिए । त्यसमा एकजना मात्रै एक्जेम्टेडतर्फका रहेको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।

प्रतिक्रिया