दुर्घटनामा चालकको मृत्यु ,एक घाइते

इनेप्लिज २०७२ असार ७ गते ४:४१ मा प्रकाशित

बर्दिया, ७ असार । आज बिहान नेपालगन्जबाट गुलरियातर्फ आइरहेको भे १ ज १६६८नम्बरको मिनी ट्रक स्थानीय शीतला बजारमा पल्टिँदा एकजनाको मृृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्य हुनेमा मिनीट्रकका चालक बाँके ढकेरीका ३२ वर्षीय शङ्कर अधिकारी रहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया