बछौली सेवा केन्द्रले ५८ जना जेष्ठ नागरीकलाई सम्मान

इनेप्लिज २०७२ असार ७ गते १:२३ मा प्रकाशित

10453175_1692020044355076_450000181_n

चितवन, ०६ असार । पर्यटकीय नगरी सौराहामा रहेको रत्ननगर बछौली सेवा केन्द्रले ५८ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ ।

केन्द्र अन्र्तगत पर्ने वडा नम्बर १७, १८ र १९ का वयोवृद्ध बुबा आमाहरुलाई समाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सम्मानपत्र ढोसल्ला ओढाएर सम्मान गरिएको केन्द्रका प्रमुख बासुदेव रिजालले जानकारी दिए ।
सम्मान कार्यक्रमको बछौली आदावासी वयोवृद्ध १ सय ४ बर्षिय मल्लु महत्तोलाई नगरपालिकाकी कार्यकारी अधिकृत ईन्द्र कुमारी थपलियाले सम्मान गर्दै सुरुवाता गरेकी थिईन् । सो अवसरमा बोल्दै कार्यकारी अधिकृत थपलियाले समाजमा योगदान पुराएका बुबाआमाहरुलाई समाजप्रति थप उत्तरदाई बनाउने बताए ।
आफुहरुले समाजमा पुराएको योगदानको बारे उचित मुल्याकङ्गन गर्दै बुढेसकालमा गरेको सम्मान मिलेको सो अवसरमा सम्मानित हुने अधिकांश जेष्ठ नागरिकहरुले बताएका थिए ।
जेष्ठ नागरिक सम्मानकै अवसरमा केन्द्र ३० हजार रुपैया, सामुदायिक सहयोग केन्द्र बछौलीले २४ हजार रुपैया बराबरको प्रत्येक र्हलिस र मिश्रि, बाघमारा मध्यवर्ती सामुदायिक वनले ६० वटा गुलकोज, ओम रिजालले १० कार्टुन मिनिरल वाटर र सुरेश पोख्रेरल र रञ्जन खतिवडाले ५÷५ हजार रुपैया प्रदान गरेका थिए ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम बछौली सेवा केन्द्रका रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक वडा नम्बर १७ का संयोजक गाविन्द पाण्डेले स्वागत मन्तव्य र केन्द्र प्रमुख बासुदेव रिजालले सम्मान कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष रामकाजी अधिकारी, रेवान सौराहाका अध्यक्ष लाल बहादुर भट, क्षेत्रिय होटल संघ सौराहाका कार्यवाहक अध्यक्ष राममणि थपलिया, सामुदायिक सहयोग केन्द्रका अध्यक्ष केशव पाण्डे, नागरिक वडा मञ्च १७ का संयोजक मधु सिल्लवाल, नेपाली काग्रेसका केदार चापागाई, नेकपा एमालेका लोकराज भुषाल, एमाओवादीका बासुदेव रिजाल, नेकपा माओवादीका मिनप्रसाद सापकोटा, राप्रपाका मेघराज पाठक, मालेका बद्री रिजाल, र राष्टिय जनमोर्चाका दुर्गा घिमिरे लगायतले बोलेका थिए ।

प्रतिक्रिया