उर्लाबारी, १९ जेठ । कुवेतको गल्फ कन्सल्ट कम्पनीमा कार्यरत मोरङ उर्लाबारी–९ का ४० वर्षीय छविलाल पौडेलको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
बिहान १० बजे कम्पनीको काम गर्ने क्रममा गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
विगत १६ वर्षदेखि कुवेतमा कार्यरत उनी १३ वर्षसम्म अल मुसारी कम्पनीमा काम गरी तीन वर्षदेखि गल्फ कन्सल्ट कम्पनीमा कार्यरत रहेका थिए ।
मृतकको शव परीक्षणका लागि त्यहाँको एक अस्पतालमा राखिएको नेपाल कुवेत सांस्कृतिक मञ्चका अध्यक्ष माधव शर्माले बताउनुभयो । मृतक पौडेल जनसम्पर्क कुवेतका क्रियाशील सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया