रौतहट, १९ जेठ । विषालु सर्पको टोकाइबाट आज रौतहटको औरैया गाविसमा एक बालिकाको मृत्यु भएको छ ।
औरैया गाविस–६ का जयराम पासवानको १० वर्षीया छोरी काजल कुमारीको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा खेलिरहेको समयमा काजलको हातमा सर्पले डसेको थियो । बालिकालाई उपचारका लागि अस्पताल नलगी झाँक्रीबाट झारफुक गराउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया