यस्ता पनि श्रीमान् !
लहान, १८ जेठ । घरायसी विवाद बढेपछि मिर्चैया नगरपालिका– २ मलहनिया खोरीका प्रमोद साहले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् ।
तीस वर्षीया श्रीमती अमिरदेवी साहको घाँटी थिचेर हत्या गरेपछि आत्महत्याको प्रयासमा पूर्व–पश्चिम राजमार्गमा दौडिएका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार घाइते भएका उनलाई उपचारका लागि विराटनगर लैजाँदा बाटोमा मृत्यु भएको छ । मृतक दम्पतीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पु¥याइएको छ ।
यसैबीच सप्तरीको पोर्ताहा गाविस– ५ का ३५ वर्षीय अनिलकुमार खिडहरि यादवले आज कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
घटनास्थालबाट प्रहरीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया