राहत कोषमा झन्डै दुई करोड

इनेप्लिज २०७२ जेठ १६ गते १५:०७ मा प्रकाशित

relief fundपथरी (मोरङ), १६ जेठ । भूकम्पपीडितको सहयोगार्थ मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ९४ लाख ६५ हजार ८९१ जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अग्रसरतामा सो रकम कोषमा जम्मा भएकोे हो । सोमध्ये मोरङमा कार्यरत कर्मचारीको तलब भत्ताबाट रु ८२ लाख ७९ हजार ९३० जम्मा गरिएको छ ।

त्यस्तै जिल्लामा रहेका उद्योग, सङ्घसंस्था, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, शैक्षिक संस्था, विभिन्न समुदाय र व्यक्तिगत रुपमा रु एक करोड ११ लाख, ८५ हजार ९६१ सङ्कलन भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया