पुस्तकालयमा ई–लाइब्रेरी

इनेप्लिज २०७२ जेठ ११ गते ३:४४ मा प्रकाशित

elibraryबुटवल, ११ जेठ । बुटवल उपमहानगरपालिका–६ कान्तिपथस्थित श्रीनवजागृति पुस्तकालयमा ई–लाइब्रेरी स्थापना गरिएको छ ।

स्थानीय बुद्धिजीवी, समाजसेवी र शिक्षाप्रेमीको सक्रियतामा २०२३ सालमा स्थापित बुटवलकै पुरानो पुस्तकालयमध्ये एक मानिने नवजागृति पुस्तकालयमा बुटवलमै पहिलोपटक ई–लाइब्रेरी स्थापना गरिएको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुले ई–लाइबे्ररीको उद्घाटन गर्नुभयो । सो अवसरमा डा सैँजुले समयको बिकासक्रमसँगै आधुनिक शिक्षाको विकासका लागि यसप्रकारका ई–लाइबे्ररीको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

नवजागृति पुस्तकालयका अध्यक्ष गणेशमान सैँजुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का, लुम्बिनी अञ्चल अस्पतालका बरिष्ठ चिकित्सक डा प्रकाश बुढाथोकी, रुपन्देही उद्योग सङ्घका अध्यक्ष बोनिन पिया, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का सभापति हरिबहादुर आचार्य, प्राडा खेटराज दाहाल, पूर्वनगरप्रमुख पुनाराम पोखरेललगायतले पुस्तकालयको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया