शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:१९
वासिङटन डिसी 17:34

रूखले किचेर मृत्यु

इनेप्लिज २०७२ जेठ १० गते ३:५८ मा प्रकाशित

Jhapa_nepal-mapदमक, १० जेठ । झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा रूखले थिचेर एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा सख्त घाइते हुनुभएको छ ।

शनिबार बेलुकी ९ बजेतिर आएको हावाहुरीका कारण रूखले थिचेर बेलडाँगी–२ सेक्टर बी–वान छाप्रो नम्बर ९७ बस्दै आएकी चार वर्षीया एलिना राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइते ३५ वर्षीया मनमाया राईको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया