विवाह किन गर्ने ?
वास्तवमा विवाह भन्नाले दुई हृदयको मिलन, सहयात्री वा जीवन साथी पाउनु, बाँच्ने आधार, प्रकृतिको नियम, पवित्र बन्धन, सृष्टिको सुरुवात, श्रीमान श्रीमतीको सम्झौता सामाजिक तथा सांस्कृतिक नियम वा चलन, मानवीय आवश्यकता, बाध्यता आदी विवाहका सामान्य परिभाषा हुन् । मेरो विचारमा तर पनि दार्शनिकहरुले विभिन्न परिभाषा दिएका छन् । विवाह गर्नको निम्ति संसारभर नै धार्मिक र सांस्कृतिक चलन चल्तीहरु रहेका छन् । जुन देश र समाजमा जुन धर्ममा आस्था राख्ने मानिसहरु हुन्छन् ।
उनीहरुले आफनो धार्मिक विधिहरु अपनाएर विवाह गर्दछन् । त्यस्तै जुन देश र समाजमा धर्मलाई महत्व दिइदैन् त्यस्ता स्थानहरुमा तिनीहरु आफनो सामाजिक चलनहरु अनुसार विहे गर्दछन् । जुन कुरा प्रत्येक स्थान अनुसार फरक फरक हुन सक्छ । वर्तमानको परिस्थितीमा विवाह गर्ने क्रममा धेरै विकृति फैलिएको छ । यसै कारणले गर्दा पनि धेरै जोडीहरु को सम्बन्ध विच्छेद गर्ने क्रम बढदो देखिन्छ । कतिपय युवा युवतीहरु आफनो औकात भन्दा पनि बढी खर्च गरेर पोशाकहरु लगाउँछन् । अर्थात विलाशिताका वस्तुहरुको प्रयोग गरेर दुनियाँलाई देखाउछन् जुन कुरा उनीहरुको आफनो होइन् । तर त्यो सापटी वा ऋण खोजेर कसैलाई देखाउन ल्याएको पनि हुन्छ । यस्तो व्यवहार देखेर मानिसहरु तत्काल प्रभावित हुन सक्छ । तर यसले आफनो इमान्दारीतालाई पनि धरापमा पार्छ । र भविष्यमा दाम्पत्य जीवनमा पनि तीतोपना ल्याउँछ ।
श्रीमानले समय नदिने घरपरिवार प्रति, मादक पदार्थ सेवन गर्ने, झगडा गर्ने, कुटपिट जस्ता विभिन्न कारणले गर्दा सम्बन्ध विच्छेदका घटनाहरु तीव्र रुप लिएका छन् । विदेशीनाले पनि नेपालमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दो छ । किनभने श्रीमान विदेश जान्छ अनि श्रीमती पर षुरुषसँग सम्बन्ध राख्छे । त्यस्तै श्रीमानले पनि पर स्त्रीसँग सम्बन्ध गाँसेको पाइन्छ । यसरी डिभोर्सका घटनाहरु दिन प्रतिदिन बढदो छ ।
विवाह जीवन को महत्वपुर्ण संस्कारका साथै जीवन साथी साथमा जीनवरथ अघि बढने कार्यको सुरुवात पनि हो । त्यसैले विवाह अघि पर्याप्त विचार पु¥याउनु आवश्यक छ । नेपालको परिपेक्षमा नेपाली विवाहित जोडीमा थुप्रै समस्या छन् । जुन हिजो को दिनमा वा एक अर्कोले सहेर बसेका थिए । भने आज शिक्षा, चेतना र परिवर्तन समयको कारणले गर्दा यस्ता समस्या बुलन्द भएका छन् । सम्बन्ध विच्छेदका रुप लिन थालेका छन् । बिशेष गरेर सहरिया जोडीमा दुवै जना प्रोफेसनल हुने धुनमा पारिवारिक तथा सामाजिक हैसियत बिर्सदै जाने हुनाले विविध कठिनाई देखा परेका छन् । समाजमा श्रीमती पनि सक्रिय हुन थालेपछि समाजले उनका बारेमा धेरै कुरा सुन्नु पर्दा श्रीमानमा समस्या देखा पर्दछन् ।
श्रीमानले समय नदिने घरपरिवार प्रति, मादक पदार्थ सेवन गर्ने, झगडा गर्ने, कुटपिट जस्ता विभिन्न कारणले गर्दा सम्बन्ध विच्छेदका घटनाहरु तीव्र रुप लिएका छन् । विदेशीनाले पनि नेपालमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दो छ । किनभने श्रीमान विदेश जान्छ अनि श्रीमती पर षुरुषसँग सम्बन्ध राख्छे । त्यस्तै श्रीमानले पनि पर स्त्रीसँग सम्बन्ध गाँसेको पाइन्छ । यसरी डिभोर्सका घटनाहरु दिन प्रतिदिन बढदो छ । विवाहलाई जन्म जन्मान्तरको सम्बन्ध भनेता पनि एक आपसमा विश्वास टुट्दा विकराल रुप निम्तने गर्दछ । सामाजिक परिवर्तनसँगै जसरी समाज फैलिएको छ । त्यसका आधारमा विभिन्न किसिमका समस्या वैवाहिक जीवनमा पनि उब्जिएका छन् । पश्मिेली संस्कारको कारणले पनि विलासी वस्तुको प्रयोग गर्ने होड नै चलेको छ । त्यसका लागि पर्याप्त आय हुनु अति अयावश्यक छ ।
आर्थिक पक्षले पनि सम्बनधमा द्धन्द्ध फैलिएको पाइन्छ । यसैले विवाह अघि ध्यान दिनु आवश्यक छ । वास्तम्मा विवाह भन्ने कुरा एक प्रकारले गर्नु अति आवश्यक छ भने अर्को पक्षबाट त्यत्ति आवश्यबता पनि देखिन्न । किन की कुन पक्षमा आवश्यकता छ भने विवाह एउटा जीवन जीउने आधार हो दुख, सुखमा साथ दिने एउटा स्वर्णिम समय हो । भने त्यत्ति आवश्यकता नभएका पक्षहरु पनि पाइन्छ । विवाह गरेर कुनै पनि महिला हरेक पक्षबाट बांधिएर बस्नु पर्ने बाध्यता जति शिक्षित घरपरिवार भएपनि, सच्चा देश भक्त भएर देशमा केही योगदान गर्ने व्यक्तिले पनि विवाह गर्न आवश्यक देखिन्न् किन की उसले आफनो परिवारलाई समय दिन सक्दैन् ।
विवाह भन्ने शब्द सुन्दा जति सजिलो छ जिम्मेवारी बोध गर्न निकै गाह्रो देखिन्छ । हाम्रो समाज अन्धो छ । विवाह गर्नु नगर्नु कुनै पनि व्यक्ति को नैसर्गिक अधिकारको कुरा हुन्छ । तर हाम्रो समाजमा कुनै महिलाले विवाह नगरेमा वुढी कन्या बसी, झुमा बसी भन्ने चलन छ ।
हरेक पक्ष बाट धेरै समस्याहरु आइपर्दछन् । साँच्नै नै यिनै कारण ले गर्दा नै होला हाम्रा देशका कैही नेताहरु ले विवाह नगरेको । विवाह भन्ने शब्द सुन्दा जति सजिलो छ जिम्मेवारी बोध गर्न निकै गाह्रो देखिन्छ । हाम्रो समाज अन्धो छ । विवाह गर्नु नगर्नु कुनै पनि व्यक्ति को नैसर्गिक अधिकारको कुरा हुन्छ । तर हाम्रो समाजमा कुनै महिलाले विवाह नगरेमा वुढी कन्या बसी, झुमा बसी भन्ने चलन छ । उसलाई हेर्ने दृष्टिकोण फरक पर्दछ । विवाह भन्ने कुरा एउटा समाज र संस्कृति सृष्टि जोगाउनु हो बास्तवमा समाज र घरपरिवारको रुपमा, विवाह एक अर्काको साहरा अनि आत्मिक मेल, जीउने आधार, जीवनको हिस्सा हो । तर आधुनिक समाजमा यस्ता कुराहरुमा गिरावट आएको पाईन्छ ।
पछिल्लो समयमा मागी विवाह भन्दा पनि प्रेम विवाह गर्ने होड नै चलेको पाइन्छ । अहिलेका किशोर किशोरीमा विभिन्न प्रकारका विकृति देखा परेका छन् । सामानिक सञ्जाल मार्फत नजिक भएका छन् । त्यसैले उनीहरु हरेक पल हरेक क्षण सम्पुर्ण कुराहरुमा अपडेट भएका हुन्छन् । सामाजिक सञ्जाल मार्फत नै उनीहरुले प्रेम प्रस्ताव राख्छन् र हरेक पक्षबाट नजिकिन्छन् अनि विवाह गर्ने तयारीमा पुग्छन् । कुनै पनि कुरामा विचार न गरेर विवाह गर्ने आट लिन्छन् आखिर त्यसको परिणामको फल थाहा हुनैन् ।
यस्ता कारणले सम्बन्धमा गिरावट आउँछ । यसरी हरेक व्यक्तिले आफनो जीवन साथीको योग्यता, व्यवहार, शिक्षा, सम्झौता गर्न सक्ने क्षमता हुनु अति आवश्यक छ । यि कुराहरुले मेल खाएमा विवाह गर्नु उपयुक्त हुन्छ । र दाम्पत्य जीवन पनि सुखमय र शान्तसँगै विताउन् सक्छन् तब मात्र जीवनको सार्थकता हुन्छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया