पाँचथर, ५ जेठ । विनाशकारी भूकम्पका कारण जिल्लामा भत्किन लागेका तथा जोखिममा परेको भवन भत्काउन तथा घरका सामान सुरक्षित स्थानमा सार्न नेपाली सेना विष्णुदल गणको नेतत्वमा टोली खटिएको छ ।
टोलीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी रहेका छन् । भूकम्पका कारण भत्किएको फिदिम–१ स्थित तेजबहादुर आङबोको तीनतले घर भत्काउन तथा सामान सुरक्षित स्थानमा लैजानका लागि अहिले टोली धमाधम लागिपरेको विष्णुदल गणले जनाएको छ ।
यस्तै जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले उक्त घर भत्काउन निर्देशन दिएपछि टोलीले घर भत्काइरहेकोे गणका मेजर दीपेन्द्र राउतले जानकारी दिनुभयो ।
प्रतिक्रिया