ठगीको आरोपमा राणा पक्राउ
काठमाडौँ, ३ जेठ । विभिन्न प्रलोभन देखाई ठगी गर्दै आएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर, सुन्धाराका प्रवीरशम्सेर जबरालाई पक्राउ गरेको छ ।
महाशाखाका अनुसार राणाले ललितपुर लामाटारमा रहेको तीन रोपनी जग्गा रु एक करोडमा लिने सहमति गरेको र मालपोत कार्यालय ललितपुरबाट जग्गा पास गरिसकेपछि चेकको दस्तखत नमिलेपछि अर्को चेक काट्न आग्रह गर्दा नमानेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ धापासीका महेशकुमार कार्कीलाई आफूसँग मिली कारोबार गरेमा छिट्टै प्रगति हुने भनी राणाले आफ्नै कम्पनी एस डेभलपमेन्टको नाममा सो जग्गाको कारोबार गरेका थिए ।
रु एक करोडको फर्जी चेक बनाई ठगी गरेको उजुरीका आधारमा राणालाई पक्राउ गरिएको जानकारी दिँदै महाशाखाले अरु कोही व्यक्ति ठगिएको भए जानकारी दिनसमेत आग्रह गरेको छ ।
यही जेठ १ गते राणालाई पक्राउ गरिएको भएपनि अनुसन्धान प्रक्रिया जारी रहेका कारण आज मात्रै सार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।
यस्तै राणाले सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भवन १५ वर्षमा भाडामा लिई काठमाडाँै मल भाडामा दिने बहानामा धेरै व्यक्तिसँग अलग–अलग सम्झौता गरी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया