नेपाली सेना खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउन व्यस्त

इनेप्लिज २०७२ वैशाख ३० गते १६:११ मा प्रकाशित

Rss_Images_1431509771364_RS-KTM-eqrthquake-thimi nagadesh-2काठमाडौँ, ३० वैशाख । भूकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउन नेपाली सेना अहोरात्र खटेको छ ।

स्थानीयस्तरमा विपद् व्यवस्थापनमा अपनाईने कार्यविधि अनुरुप जनताको जिउधनको सुरक्षार्थ प्रभावित स्थानहरुमा बृहत् रुपमा परिचालन भएको फौजले क्षतिको मुल्याङ्कन, घाईते तथा भग्नावशेषमा पुरिएकाको प्राथमिकताका साथ उद्धार एवम् उपचार जारी राखेको छ ।

सेनाले आज गोरखा, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा चार हजार ४५ किलोग्राम खाद्यान्न र दूई हजार ९७०किलोग्राम राहत सामाग्री पु¥याएको तथा सिन्धुपाल्चोकबाट तीन जना र रसुवाबाट १५ जनाको उद्धार गरेको छ ।

सेनाले दोलखाबाट २७, रसुवाबाट २१, सिन्धुपाल्चोकबाट ४६ जना र १४ जना विदेशीलाई उद्धार गरेको जनाएको छ ।

आजै सेनाको स्वास्थ्य टोलीले चौतारा, धुन्चे र चरिकोट ईलाकामा घुम्ती स्वास्थ्य शिविर, जापानी चिकित्साकर्मीसँग मिलेर राजधानीको टुँडिखेल र भक्तपुरमा घुम्ती शिवर सञ्चालन गरको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सेनाको पोष्ट पहिरोमा परी १० जना सैनिक वेपत्ता भएका पनि नेपाली सेनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्ले छ ।

प्रतिक्रिया