अर्घाखाँचीका एक सय सात घरपरिबार बिस्थापित

इनेप्लिज २०७२ वैशाख ३० गते १५:२७ मा प्रकाशित

20140804_155544अर्घाखाँची, ३० वैशाख । विनासकारी भूकम्पबाट अर्घाखाँचीमा १८९ घर पूर्ण रुपमा भत्किएपछि १०७ घर परिबार अरुको घरमा आश्रय लिएर बसिरहेका छन् ।

उनीहरु घरबाट पूर्णरुपमा बिस्थापित भएका छन् । जिल्लाका विभिन्न गाविसमा ३५२ घर आंशिक रुपमा भत्किएका छन् ।

आज बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिले घर भत्किएका परिबारलाई गाविस सचिब र नगरपालिकाका वडा सचिवमार्फत भूकम्पले क्षति भएका घरपरिवारलाई गाँउमै गएर राहत रकम वितरण गर्ने निर्णय गरेको छ ।

पूर्णरुपमा क्षति भएका घरपरिवारलाई तत्कालका लागि रु ५ हजार र आंशिक क्षति भएकालाई तत्कालका लागि रु तीन हजार वितरण गर्ने निर्णय गरेको छ । प्रहरीको मुचुल्काको आधारमा गाविसको सर्वदलीय संयन्त्रको उपस्थितिमा एक हप्ताभित्रमा सचिवहरुमार्फत जिल्लाका सबै स्थानमा राहत वितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयं सेबिकाद्धारा ८४ हजार राहतकोषमा

विनाशकारी भूकम्पबाट भएको विनासको उद्धार र राहतका लागि अर्घाखाँचीका महिला स्वयंसेविकाले रु ८४ हजार दुई सय प्रधानमन्त्री राहतकोषमा पठाएका छन् ।

अर्घाखाँचीका ८४२ महिला स्वयं सेविकाले रु एक सयका दरले रु ८४ हजार दुई सय प्रधानमन्त्री राहतकोषमा पठाएको महिला स्वयंसेविकाले बताएका छन् ।

प्रतिक्रिया