भूकम्पमा परेर करिब डेढ लाखभन्दा बढी पशुपक्षी मरे

इनेप्लिज २०७२ वैशाख ३० गते १०:५७ मा प्रकाशित

bhaisi-300x224काठमाडौँ, ३० वैशाख । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मुलुकभर एक लाख ६८ हजार ७४८ घरपालुवा पशुपक्षी मरेका छन् ।

ठूला पशु–चौपाया (गाई, भैँसीलगायत) आठ हजार ३१, भेडाबाख्रा गरी १४ हजार ४९५ तथा पक्षी हाँस कुखुरालगायत एक लाख ४७ हजार २२२ रहेको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार भूकम्पमा आपतकालीन विद्युत् आपूर्ति बन्द भएपछि ह्याचरीमा चल्ला उत्पादनका लागि राखिएकामध्ये भक्तपुर जिल्लामा मात्र एक लाख ६३ हजार ९०० अण्डा नष्ट भएका छन् । काठमाडौँमा ४५ हजार ह्याचरीका अण्डा नष्ट हुँदा गोरखाका २३ सय ७८ गोठमा क्षति पुगेको छ ।

पशुपक्षी मरेका कारण अनुमानित रु ६२ करोड ७७ लाख ४६ हजार बराबरको क्षति भएको निर्देशनालयका प्रवक्ता डा उमेश दाहालले बताउनुभयो ।

प्रवक्ता डा दाहालले मङ्गलबार आएको भूकम्पले थप क्षति गरेको भए पनि यकिन विवरण आइनपुगेकाले क्षतिबारे अहिले नै बताइहाल्न नसकिने भन्दै आएमा तत्काल जानकारी दिने बताउँनुभयो ।

प्रतिक्रिया