भूकम्पीय सुरक्षा प्रविधि अपनाइएका सबै विद्यालय भवन सुरक्षित

इनेप्लिज २०७२ वैशाख ३० गते १०:३२ मा प्रकाशित

school-300x225काठमाडौँ, ३० वैशाख । भूकम्पीय सुरक्षा प्रविधि अपनाएर घर बनाएमा ठूलै भूकम्पबाट पनि जोगिन सकिँदोरहेछ भन्ने तथ्य यस पटक पुष्टि भएको छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा भूकम्पीय सुरक्षा विधि अपनाएर निर्माण गरिएका देशका विभिन्न जिल्लाका ११७ वटा विद्यालय भवन यही १२ गतेको ठूलो भूकम्प र त्यसपछिका अनेकौँ सानाठूला पराकम्पमा समेत सुरक्षित रहेको जानकारी प्राप्त भएको छ ।

ती विद्यालय भवनहरु काठमाडौँ उपत्यकालगायत काभ्रे, तनहु“, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सुनसरी, उदयपुर, रसुवा, लमजुङमा रहेका छन् । भूकम्पबाट सुरक्षित बनाउन प्रवलीकरण (रेट्रोफिट) गरिएका विद्यालय भवनहरुको स्थलगत भ्रमण तथा टेलिफोन सम्पर्कबाट प्राप्त जानकारीका आधारमा ती सबै भवन सुरक्षित रहेको पाइएको एनसेटबाट थाहा भएको छ ।

तीमध्ये अधिकांश विद्यालय भवन हाल स्थानीय भूकम्पपीडितले आश्रय स्थलका रुपमा प्रयोग गरिरहेका छन् भने केही भवन स्वास्थ्य संस्था तथा सामाजिक संस्थाले उपचार र राहत कार्यमा पनि उपयोग गरिरहेका छन् ।

एनसेटका विद्यालय सुरक्षा कार्यक्रम प्रमुख इन्जिनियर सूर्यप्रसाद आचार्यले एनसेटको प्राविधिक सहयोगमा प्रवलीकरण गरिएका ८२ वटा विद्यालय भवन र भूकम्प प्रतिरोधी निर्माण विधि अपनाइएका ३५ वटा विद्यालय भवन सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको बताउनुभयो ।

भवनको यति ठूलो क्षति हुँदा पनि आफूहरुको प्राविधिक संलग्नतामा निर्माण भएका विद्यालय भवनका संरचनामा क्षति नभएकोमा सन्तोष व्यक्त गर्दै उहाँले यस पवित्र कार्यमा सहयोग पु¥याउने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरु, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहा“ले यो पवित्र कार्यको निरन्तरता र भूकम्पीय जोखिम न्यूनीकरणको अभियानमा साथ दिनसमेत सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो ।

यसैबीच, भूकम्पप्रभावित जिल्लाका शिक्षा कार्यालयबाट प्राप्त जानकारीअनुसार अधिकांश कच्ची विद्यालय भवन प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएको बताइएको छ ।

यसैगरी, एनसेटको प्राविधिक सहयोग र युनिसेफ तथा अन्य सङ्घसंस्थाको प्रायोजनमा काठमाडौँ उपत्यकाका भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी आठवटा बालमैत्री अस्थायी केन्द्र निर्माण गरिएका छन् । यस प्रकारका केन्द्रहरु अन्य प्रभावित जिल्लामा पनि स्थापना गर्नुपर्ने आवश्यकतामा समाजले जोड दिएको छ ।

प्रतिक्रिया