लामो समयदेखि अवरुद्ध एक्स–रे मेसिन सञ्चालनमा
खोटाङ, २८ वैशाख । विद्युत् भोल्टेज नपुगेपछि विगत लामो समयदेखि बन्द रहेको जिल्ला अस्पताल खोटाङको एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले ५० केभीएको विद्युत ट्रान्सफर्मर जडान गरिदिएपछि विगत दुई वर्षदेखि बन्द रहेको एक्स–रे मेसिन हालै सञ्चालनमा ल्याइएको हो ।
मेसिन सञ्चालनमा आएसँगै अहिले दैनिक ४०/५० जना बिरामीले एक्स–रे सेवा लिन थालेका अस्पतालका प्रमुख चिकित्सक माधव लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो–“यसअघि विद्युत् अभावमा मेसिन चलाउन नसक्दा एक्स–रे गर्न आउने बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता थियो, प्राधिकरणले ढिलै भए पनि मेसिनलाई आवश्यक पर्ने ट्रान्सफर्मर जडान गरिदिएपछि त्यो समस्या समाधान भएको छ ।”
अस्पतालमा आउने बिरामीको समस्यालाई मध्यनजर गर्दै चार लाख बराबरको ५० केभिएको ट्रान्सफर्मर उपलब्ध गराइएको विद्युत् प्राधिकरण शाखा कार्यालय खोटाङका प्रमुख पुरुषोतम रेग्मीले बताउनुभयो ।
उक्त डिजिटल एक्स–रे मेसिन सञ्चालनमा आएपछि स्वास्थ्य उपचारमा सहज भएको अस्पतालले जनाएको छ । तर २०४४ सालमा स्थापना भएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया