वास्तविक पीडितले राहतको महसुस गर्न नपाएको जनगुनासो

इनेप्लिज २०७२ वैशाख २१ गते २:०१ मा प्रकाशित

l;Gw'kfNrf]ssf] ef]6]rf}/ uflj; j8f g++ @ l:yt  j}zfv !@ ut] uPsf]  ljgfzsf/L e"sDkdf k/]/  Wj:t ePsf] ;+/rgf kG5fpFb} s[i0faxfb'/ tfdfª / pgsf kl/jf/ ;f] 3/df tfdfª kl/jf/sf kfFr hgfsf] d[To' ePsf] lyof] . tl:a/ M s'df/ rf}nfufO{, /f;;ललितपुर, २१ वैशाख । गत शनिबार गएको विनाशकारी भूकम्पबाट पीडित बनेका वास्तविक पीडितले राहतको महसुस गर्न नपाएको जनगुनासा आइरहेका छन् ।

गाउँ–गाउँमा गएको राहत वास्तविक पीडितभन्दा पहुँच भएकाले पाइरहेकामा उनीहरुले दुखेसो पोखेका छन् । भूकम्पबाट पीडित भएको सातादिन बित्न लाग्दासमेत च्याउखेती एवम् गोलभेँडाका लागि निर्माण गरिएका टहरामा रातदिन बिताउनु परेको स्थानीयवासीले बताएका छन् ।

राज्य तथा सङ्घसंस्थाले गाउँ–गाउँमा राहत वितरण कार्यलाई तीव्र बनाइरहे तापनि वास्तविक पीडित भने यसबाट बेखबर रहेका छन् ।

यसरी भूकम्पबाट पीडित बनेकाका लागि गइरहेका राहत आफूनजिक एवम् पहुँचवालाको ठाउँमा पुग्ने गरेको चन्दनपुरका स्थानीय केदारनाथ दाहालले गुनासो गर्नुभयो । उक्त गाउँमा खाद्यान्नभन्दा पनि बस्नका लागि पालको आवश्यकता रहेको दाहालको माग रहेको छ ।

पाटनको जावलाखेलबाट करिब आठ किलोमिटरको दूरीमा दक्षिण पश्चिममा पर्ने उक्त ठाउँको अवस्था दयनीय नै देखिएको छ ।

उक्त ठाउँमा बसोबास गर्ने स्थानीयवासी होमबहादुर लामाले यहाँ आएका राहत सामग्री न्यायोचित ढङ्गबाट वितरण भए पनि वास्तविक पीडितले राहतको महसुस गर्न भने नसकेको बताउनुभयो । उक्त ठाउँमा करिब ५४० घरधुरीमध्ये अधिकांश पूर्ण रुपमा ध्वस्त भएको स्थानीयवासी लामाले उल्लेख गर्नु भयो ।

उक्त स्थानमा राहत सामग्रीअनुरुप आएको खाद्यान्न जसोतसो आए पनि त्रिपालको भने अत्यधिक समस्या रहेको छ । अहिलेसम्म यहाँ ७५ वटा पाल आए पनि त्यो धेरै अपर्याप्त भएको छ ।

सोही ठाउँमा बसोबास गर्ने अञ्जु योञ्जनको कथन पनि उस्तै रहेको छ । भूकम्पबाट घर भत्किएको सातादिन बितिसक्दा पनि बस्नका लागि पाल पाउन नसकेको गुनासो उहाँले गर्नुभयो । आएको राहत सामग्रीसमेत हुनेखानेले लगेको टुलुटुल हेर्नुको विकल्प नभएको स्थानीयवासी योञ्जनले बताउनुभयो ।

यसैगरी बुङ्मतीको दुर्गम क्षेत्र फर्सिडोलमा समेत राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको स्थानीयवासी रामकृष्ण लामाले (इन्द्र) गुनासो गर्नुभयो । त्यहाँ रहेका करिब २०० घरको क्षति भएको जनाइएको छ । उक्त क्षेत्रमा हालसम्म २० बोराबाहेक खाद्यान्न आउन नसेकेको स्थानीयवासी लामाले बताउनुभयो ।

सो क्षेत्रमा रहेका अत्यधिक घर पूर्ण रुपमा नष्ट भएका छन् भने आंशिक रुपमा रहेका घरसमेत बस्न लायक नभएकोले स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बस्नका लागि समस्या भएकाले छिटोभन्दा छिटो त्रिपालको व्यवस्था हुन सके राहतको महसुस गर्न सकिने बताइएको छ ।

भूकम्पबाट जिल्लाभरि करिब २२ हजारको हाराहारीमा घर क्षतिग्रस्त भएकामा पूर्ण रुपमा करिब १६ हजारको हाराहारीमा क्षति भएका छन् । क्षतिग्रस्त घरमध्ये अधिकांश जिल्लाको दक्षिणी भेगमा पर्ने १९ गाविसमा छन् । उक्त भूकम्पबाट यहाँका जिल्लामा रहेका ३०४ सरकारी कार्यालय भवनमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले बताउनुभयो ।

यस्तै जिल्लामा रहेका मठमन्दिरमध्ये ८४ पूर्ण रूपमा क्षति भएको छ भने आंशिक मात्रामा १२३ वटामा भूकम्पले क्षति पु¥याएको छ । हालसम्म भूकम्पबाट पीडित बनेकाका लागि ललितपुरमा मात्र ७०० क्विन्टल चामल, करिब ५०० किलो चिनी तथा एक हजार किलोभन्दा बढी नुन आइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै आठ हजारको हाराहारीमा कार्टुन चाउचाउ, ३६० कार्टुन बिस्कुट, ३६ बोरा भुजिया, एक हजार बोराभन्दा माथि चिउरा एवम् छ हजारको सङ्ख्यामा त्रिपाल आएको प्रशासनले जनाएको छ । प्राप्त भएका राहत सामग्री तीव्र रुपमा वितरण भइरहेको प्रजिअ कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया