हालसम्म चार रेक्टरमाथिका १०३ भूकम्प

इनेप्लिज २०७२ वैशाख १६ गते १:२९ मा प्रकाशित

Nepal-Earth-quake-2काठमाडौँ, १६ वैशाख । शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.६ रेक्टरको शक्तिशाली भूकम्पसँगै हालसम्म चार रेक्टरमाथिका १०३ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।

पछिल्लो समय आज बिहान ५ बजेर ५४ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । त्यसअघि आजै नुवाकोट केन्द्रबिन्दु बनाएर ४ः४४ बजे ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

तीन दिनयता भूकम्पको धक्का क्रमशः कम हुँदै गएकाले अब आत्तिनु पर्ने अवस्था नरहेको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।

ठूलो भूकम्पपछि सानातिना कम्पन आइरहनु स्वभाविक प्रक्रिया भएकाले भूकम्पको दूरी पनि घट्दै गएको र अब आउने भूकम्पबाट कुनै ठूलो क्षति नहुने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया