सङ्खुवासभामा दश घर नष्ट, असी घरमा क्षति

इनेप्लिज २०७२ वैशाख १४ गते ११:०६ मा प्रकाशित

Family members cries after their relatives dead bodies were recoसङ्खुवासभा, १४ वैशाख । जिल्लामा भूकम्पका कारण १० घर पूर्णरूपमा क्षति भएका छन् भने ८० घरमा क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बस्न नहुने अवस्थामा पुगेका सदरमुकाम चैनपुरका चार घर भत्काउने काम जारी रहेको प्रहरी नायब उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

भूकम्पमा जिल्लामा कुनै पनि मानवीय क्षति नभएको, सबै गाविसमा सम्पर्क भइरहेको उहाँले जानकारी दिनुभयो ।

हाल प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला कार्यालय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको नेतृत्वमा अनुगमन कार्य भइरहेको थापाले जानकारी दिनुभयो ।

भूकम्पबाट यहाँका क्याम्पसलगायत शैक्षिक संस्थामा सामान्य क्षति भएको थापाले बताउनुभयो ।

प्रतिक्रिया