नुवाकोटमा मृत्यु हुनेको सङ्ख्या पाँच सयभन्दा बढी

इनेप्लिज २०७२ वैशाख १४ गते १०:०५ मा प्रकाशित

Family members cries after their relatives dead bodies were recoनुवाकोट, १४ वैशाख । यस जिल्लामा मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच सय पुगेको छ । आज बिहानसम्ममा उपचारका लागि अस्पताल ल्याउँदा र बीच बाटैमा मृत्यु भएका तथा उद्धारका क्रममा घटनास्थलमै मृत भेटिएकाहरुको सङ्ख्याको आधारमा यो सङ्ख्या निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ग्रामीण भेग सम्पर्कमा नरहँदा मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । नुवाकोटमा कम्तीमा पनि ७०० जनाको हताहत भएको अनुमान गरिँदैछ । ६०० जना बेपत्ता भएको अनुमान छ ।

करिव पाँच हजार जनाको जिल्लाका विभिन्न ठाउँमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौँ पठाइएकाहरुको सङ्ख्या पनि कम्तीमा एक हजार जना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच, जिल्ला अस्पताल त्रिशुलीमा रहेका गम्भीर बिरामीहरुलाई थप उपचारका लागि भारतीय सेनाको सहयोगमा केहीबेर अगाडि काठमाडौँ पठाइएको छ । भारतीय सेनाका एक हजार जवानले बट्टार बसपार्कबाट अहिले गम्भीर बिरामीहरुलाई काठमाडौँ ओसारिरहेका छन् ।

प्रतिक्रिया