प्रहरी चौकी स्थापित

इनेप्लिज २०७२ वैशाख १० गते ८:३० मा प्रकाशित

बनेपा, १० वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा सुविधासम्पन्न प्रहरी चौकी स्थापना भएको छ ।

शान्ति तथा पनःनिर्माण मन्त्रालयको कोषबाट रु ८२ लाख ६८ हजार ९६९ को लागतमा निर्माण भएको दुईतले भवनमा दुई थुनुवा कक्षसहित आठ कक्ष छन् । सो प्रहरी चौकीको भवनको मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीले उद्घाटन गर्दै प्रहरीले मर्यादाभित्र रहेर काम गर्नुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।

काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक पूजा सिंहले जिल्लामा अझै पनि १३ प्रहरी चौकी व्यक्तिका घरमा रहेको जानकारी दिनुभयो । प्रहरी नायब निरीक्षक रामकुमार चौधरीले मन्त्रालयको लक्ष्यअनुसार क्षतिग्रस्त चौकीको पुनःस्थापना भएको बताउनुभयो । जिल्लामा मन्त्रालयको शान्ति कोषअन्तर्गत चार प्रहरी चौकी स्थापना भएका छन् ।

प्रतिक्रिया