किच्चक बधको उत्खनन सुरु

इनेप्लिज २०७२ वैशाख १० गते ३:३६ मा प्रकाशित

kichak-badhभद्रपुर, १० वैशाख । झापाको धार्मिक तथा ऐतिहासिकस्थल किच्चक बधको उत्खनन कार्य सुरु भएको छ ।

पुरातत्व विभागको विशेषज्ञ टोलीले छैटौँ पटक किच्चक बधको उत्खनन कार्य सुरु गरेकोे हो ।

विसं २०६९ बाट उत्खनन कार्य सुरु भएको किच्चक बध स्थलबाट पाँच हजार वर्ष पहिलेको महाभारतकालीन दरबारको भग्नावशेष, जीवन शैली र भाडावर्तनलगायत सामान फेला पारेर पुरातत्व विभागले संरक्षणका लागि लगेको थियो ।

पुरातत्वविद् उद्धव आचार्यको टोलीले २२ दिनसम्म उत्खनन गर्ने जानकारी धार्मिक तथा ऐतिहासिकस्थल किच्चक बध संरक्षण समितिका सचिव मदन कँडेलले दिनुभयो ।

प्रतिक्रिया