वीरेन्द्रनगर, ६ वैशाख । पन्ध्र लाख रुपैयाँ लुटिएको नाटक गर्ने एक युवक प्रहरीको भन्दामा परेका छन् ।
पश्चिम सुर्खेतको बाबियाचौरका हरिचन्द्र बोहराले बाटोमा हिँड्दै गर्दा आफूसँग भएको रु १५ लाख लुटिएको भन्दै नाटक गरेपछि प्रहरीको फन्दामा परेका हुन् ।
यही वैशाख ३ गते साल्कोटको खम्बागाडे भन्ने स्थानमा मोटरसाइकलमा तीन÷चार जनाको अज्ञात समूहले आफूलाई रोकी रकम लुटेर भागेको भन्दै प्रहरीलाई खबर गरेपछि अनुसन्धान थालेको प्रहरीले नाटक गरेको पुष्टि भएपछि निजलाई पक्राउ गरेको हो ।
आफ्ना दाजुलाई रु एक लाख ५० हजार दिन पर्ने भएकाले रकम लुटिएको नाटक गरेको प्रकाउ परेका बोहराले स्वीकारेकाले जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्षक राजेशकुमार लालकर्णले प्रहरीलाई झुक्काई दुःख दिएकोले सार्वजनिक मुद्दा चलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया